News Portal

शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

४५८ पटक

काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा आक्रमणमा परी घाइते भएको एक सातापछि पनि अस्पतालमै उपचाररत छन्। चिकित्सकले दुवैजनाको स्वास्थ्यमा सुधार देखिए पनि अझै केही दिन अस्पतालमै निगरानीमा राख्नुपर्ने बताएका छन्।

भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित देउवा निवासमै प्रवेश गरी कुटपिट गर्दा दम्पती दुबै घाइते भएका थिए। घटनामा सभापति देउवाको गर्धन र ढाडमा गहिरो चोट लागेको छ भने आरजुको शरीरका विभिन्न भागमा निलडाम देखिएको स्रोतले जनाएको छ।

आक्रमणका दृश्यहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले ठूलो चर्चा पाएको छ। भिडियोमा प्रदर्शनकारीहरूले घरभित्रै प्रवेश गरी देउवा दम्पतीमाथि लछारपछार गरेको र आरजुलाई पछाडिबाट लात प्रहार गरिएको देखिन्छ। त्यतिबेला सुरक्षाकर्मीले रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न नसकेको बताइएको छ।

उद्धारका क्रममा नेपाली सेनाको हेलिकप्टरलाई अवतरण गर्नसमेत कठिनाइ भएको थियो। ढुंगामुढाबाट जोगाउन सुरक्षाकर्मीहरूले देउवा दम्पतीलाई जस्तापाताले ढाकेर राखेपछि मात्र हेलिकप्टरमार्फत उनीहरूलाई अस्पताल पुर्याइएको हो।

हाल उनीहरू काठमाडौं उपत्यकाभित्रैको एक निजी अस्पतालमा उपचाररत छन्। तर सुरक्षाका कारण अस्पतालको नाम सार्वजनिक गरिएको छैन। परिवारका सदस्यबाहेक कांग्रेस नेताहरूलाई समेत भेटघाटमा अनुमति दिइएको छैन।

उपसभापति पूर्णबहादुर खड्काले फोन सम्पर्कमा देउवाले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका जानकारी दिए। खड्काले विज्ञप्ति जारी गर्दै सभापति दम्पतीमाथि भएको आक्रमणलाई अमानवीय र बर्बरतापूर्ण बताएका छन्।

७९ वर्षीय शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् भने ६३ वर्षीया आरजु राणा हालैसम्म परराष्ट्र मन्त्री रहेकी थिइन्।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...