
जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा नाइजेरियाका ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे साथै ब्राजिलका २५ वर्षीय लारेसन ब्रिटो रहेका छन्।
उनीहरू लागुऔषध कारोबार र भिसा अवधि सकिएको अभियोगमा जेलमा रहेका थिए। जेनजी आन्दोलन तीव्र बनेको बेला, भदौ २४ गते नख्खु कारागारबाट उनीहरू फरार भएको खुलेको थियो।
धनुषा प्रहरीले भारत बिहारको बासोपट्टी क्षेत्रबाट पक्राउ गरी उनीहरूलाई नेपाल ल्याएको र थप अनुसन्धान अघि बढाइएको जनाएको छ।