News Portal

सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

२७९ पटक

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक गरेका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति कार्यालयमा सचिवलाई नै थर्काएको र त्यहाँको पानीसम्म नपिएको खुलासा गरे।

गुरुङका अनुसार उनलाई वार्ताका लागि बिहान ८ बजे नै बोलाइएको थियो। उनी चप्पलमै शीतल निवास पुगेका थिए। तर, अपेक्षाअनुसार राष्ट्रपति नआएर दुई जना कर्मचारी मात्रै आए, जसमा ढाका टोपी र सुट लगाएको सचिव पनि थिए। सचिवको शैली देखेर आफू रिसाएको उल्लेख गर्दै गुरुङले सोधेका रहेछन्, “ताल यही हो? लाज लाग्दैन?”

गुरुङले थपे, आफूले स्पष्ट रूपमा “तपाईंहरुसँग वार्ता गर्दिनँ, अहिलेको राष्ट्रपति लिएर आउनुस” भनेर भनेको थिए। उनले सचिवलाई “बाजे खोइ?” सम्म भन्दै कठोर प्रश्न उठाएको समेत स्मरण गरे।

वार्ताको क्रममा पानी र चिया खाने प्रस्ताव अस्वीकार गर्दै उनले भने, “राष्ट्रपति निवासको पानी एक थोपा पनि पिएनँ, बाहिरबाट ल्याएर मात्रै पिएँ। विदेशी पानी पिउने चलनलाई लाज सरम नभएको मान्छु।”

उनले आन्दोलनको पहिलो माग संसद विघटन रहेको उल्लेख गर्दै, राष्ट्रपति र आर्मी प्रमुखसँगको भेटमा त्यसबारे सकारात्मक संकेत पाएको पनि सुनाए। तर माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्दै उनले भने, “साथीहरूले साथ नदिए पनि म एक्लै संघर्ष गर्छु। मेरो लागि देश नै माथि हो।”

गुरुङका अनुसार यो आन्दोलनले ८० वर्षमै नदेखिएको परिवर्तन ल्याएको छ र जनताको सरकारको लागि लडाइँ अझै निरन्तर रहनेछ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...