News Portal

मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

३६३ पटक

मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, पीडितको श्रीमानलाई बाँधेर एक अपरिचित व्यक्तिले महिलामाथि बलात्कार गरेको हो। परिवार आर्थिक रूपमा कमजोर रहेको र महिला पहिलो सन्तानको जन्म दिएकी भएकाले उनी प्लास्टिकले ओत लगाएको झुपडीमा बस्दै आएको बताइएको छ।

गाउँपालिकाले सुत्केरीका समयमा आवश्यक पोषण र आर्थिक सहयोग पनि प्रदान गरेको थियो। घटना सार्वजनिक भएपछि पीडितलाई आज बिहान हेटौंडास्थित जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। साथै महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श सुरु गरिएको छ।

अध्यक्ष मल्लले भने, “घटनास्थल जंगलको एकान्तमा रहेकाले प्रहरी जान डराएको कारण हामीले नै पीडित परिवारलाई सुरक्षित स्थानमा ल्याएका हौँ।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...