News Portal

युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

४७३ पटक

कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्।

युवा शक्ति टिमले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागी भई स्वेच्छिक रक्तदान गरेका थिए।

कुवेतमा रहेका नेपाली तथा अन्य समुदायका व्यक्तिहरूलाई आपतकालीन अवस्थामा रगतको अभाव हुन नदिन सहयोग गरेकाे जानकारी आयोजक टीमले हिमाली संचारकाे कुराकानीमा बताए।

युवा शक्ति टीमले “रक्तदान जीवनदान हो भन्ने उद्देश्यका साथ हरेक हरेक वर्ष यस्तो कार्यक्रम गर्न बताए। आज यस रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे। रक्तदान कार्यक्रमपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

कार्यक्रमको समापनमा युवा शक्ति टीमका अध्यक्ष महेस लामाले रक्तदाताहरूप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहिरहने प्रतिवद्धता व्यक्त गरे। उहाँले रक्तदानलाई ‘जीवनदान’ भन्दै, आगामी दिनमा अझ व्यवस्थित रूपमा यस्ता अभियान सञ्चालन गरिने बताए।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...

एमाले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागि १५ हजार

काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी...