News Portal

सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

३३१ पटक

काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि ठप्प छन्। यसले दशैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ समेत प्रभावित भएको छ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आजसम्म कुनै निकायले छलफलका लागि पहल नगरेको बताए। उनका अनुसार आन्दोलनका क्रममा तोडफोड बढेपछि सुरक्षाको ग्यारेन्टी नदिएसम्म सवारी सञ्चालन गर्न सकिने अवस्था छैन।

यातायात बन्द भएपछि यात्रुहरु ठुलो समस्यामा परेका छन्। हवाई सेवा सुचारु भए पनि सडक यातायात सुरु हुने टुंगो छैन। सिटौलाले भने, “हामी कोसँग बसेर के सल्लाह गर्ने भन्नेमै अन्योलमा छौं, तर राज्यले सुरक्षाको आश्वासन दिए व्यवसायी सेवा दिन सधैं तयार छन्।”

यसबीच, अत्यावश्यक सेवाका सवारीलाई भने निर्वाध आवतजावतको अनुमति दिइएको छ। उता, केही भन्सार नाकाबाट ग्यास बुलेटसहितका सवारी नेपाल प्रवेश गर्न थालेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...