News Portal

नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

३५७ पटक

काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था आएको बताएका छन्।

भिडियो सन्देशमार्फत उनले मत प्राप्त गरेको भए पनि विश्वास गुमाएको कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। खासगरी नयाँ पुस्ताले पार्टीलाई नचाहनु चिन्ताजनक भएको उनको भनाइ छ। “नागरिकले किन विश्वास गरेनन् भन्ने उत्तर खोजेर मात्रै हुँदैन, व्यवहारमै परिवर्तन देखाउनुपर्छ,” थापाले भने।

उनले कांग्रेसको छवि मेटिएको भन्दै सिंगो देशसँग माफी माग्नुपर्नेमा जोड दिए। “दाग लागेको ऐना पुछेर मात्र सफा हुँदैन, घाउ निको पार्नुपर्छ,” उनले उल्लेख गरे।

भदौ २३ र २४ मा भएका अमानवीय घटनाको छानबिन गर्नुपर्ने बताउँदै थापाले सभापति, नेता तथा कार्यकर्तामाथि भएका आक्रमण कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे। “आक्रोशलाई बुझ्नुपर्छ, तर नियतवश गरिएका हिंसात्मक कार्यलाई माफी दिन मिल्दैन,” उनले भने।

उनले पुनर्निर्माणमा कांग्रेसले नेतृत्व लिनुपर्ने समय आएको बताउँदै राष्ट्रपति, दलहरू र आन्दोलनकारीसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। जेनजी आन्दोलनले चाहेको नेतृत्वबारे पहल भइरहेको उल्लेख गर्दै उनले संविधानलाई जोगाउन सबै दल सचेत रहनुपर्ने आवश्यकता दोहोर्याए।

महामन्त्री थापाले आज साँझसम्म नयाँ सरकार बन्ने विश्वास समेत व्यक्त गरे।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...