News Portal

नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

२२४ पटक

काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था आएको बताएका छन्।

भिडियो सन्देशमार्फत उनले मत प्राप्त गरेको भए पनि विश्वास गुमाएको कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। खासगरी नयाँ पुस्ताले पार्टीलाई नचाहनु चिन्ताजनक भएको उनको भनाइ छ। “नागरिकले किन विश्वास गरेनन् भन्ने उत्तर खोजेर मात्रै हुँदैन, व्यवहारमै परिवर्तन देखाउनुपर्छ,” थापाले भने।

उनले कांग्रेसको छवि मेटिएको भन्दै सिंगो देशसँग माफी माग्नुपर्नेमा जोड दिए। “दाग लागेको ऐना पुछेर मात्र सफा हुँदैन, घाउ निको पार्नुपर्छ,” उनले उल्लेख गरे।

भदौ २३ र २४ मा भएका अमानवीय घटनाको छानबिन गर्नुपर्ने बताउँदै थापाले सभापति, नेता तथा कार्यकर्तामाथि भएका आक्रमण कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे। “आक्रोशलाई बुझ्नुपर्छ, तर नियतवश गरिएका हिंसात्मक कार्यलाई माफी दिन मिल्दैन,” उनले भने।

उनले पुनर्निर्माणमा कांग्रेसले नेतृत्व लिनुपर्ने समय आएको बताउँदै राष्ट्रपति, दलहरू र आन्दोलनकारीसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। जेनजी आन्दोलनले चाहेको नेतृत्वबारे पहल भइरहेको उल्लेख गर्दै उनले संविधानलाई जोगाउन सबै दल सचेत रहनुपर्ने आवश्यकता दोहोर्याए।

महामन्त्री थापाले आज साँझसम्म नयाँ सरकार बन्ने विश्वास समेत व्यक्त गरे।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...