News Portal

देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

३४७ पटक

काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र ७५–८० प्रतिशत क्षमतासम्म इन्धन मौज्दात छ, जसले गर्दा एक–दुई दिन आपूर्ति बन्द भए पनि १०–१२ दिनसम्म सहजै धान्न सकिन्छ।

उनका अनुसार भारतीय नाकामा कडाइ भए पनि पाइपलाइनमार्फत आपूर्ति रोकिएको छैन। बिहीबार बिहानैदेखि भन्सार नाकाबाट इन्धन बोकेका गाडीहरू प्रवेश गर्न थालेपछि बजारमा कुनै अभाव नहुने स्पष्ट गरिएको छ।

एलपी ग्यास आपूर्ति पनि निरन्तर भइरहेको निगमले जनाएको छ। त्यस्तै, हवाई इन्धन पनि पर्याप्त मात्रामा मौज्दात रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए। हाल ७ हजार ५ सय किलोलिटर क्षमतामध्ये करिब ६ हजार किलोलिटर मौज्दात रहेको र यसले करिब दुई हप्तासम्म आपूर्ति धान्न सक्ने उनको भनाइ छ।

निगमका अनुसार हाल यातायात कम चलिरहेका कारण हवाई इन्धनसहित अन्य पेट्रोलियम पदार्थको खपत पनि सामान्यभन्दा न्यून छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...