News Portal

गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

१७३ पटक

काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै संविधानलाई टेकेर मात्र समाधान खोज्नुपर्ने बताएका छन्।

उनले संविधानभन्दा बाहिर गएर विकल्प खोजे निकट भविष्यमा गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी दिए। “२०६२/६३ को आन्दोलनपछि ठूलो संघर्षका बीच बनेको संविधान विभिन्न समुदायका मागलाई सन्तुलन गरेर तयार गरिएको हो। यसको निरन्तरताबारे सबैले ख्याल गर्नैपर्छ,” थापाले भने।

भिडियोमार्फत् सन्देश दिँदै उनले जेनजी पुस्तालाई संविधानभित्रै आवश्यक सुधार र परिवर्तन गर्न आग्रह गरे। साथै, सरकार निर्माण प्रक्रियामा सहभागी हुन, आन्दोलनका क्रममा भएको हत्या र तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउन पनि जोड दिए।

२०४६ सालयता सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गरी कानुनी कारबाही गर्नुपर्नेमा समेत उनले जोड दिए। दोस्रो दिनको हिंसात्मक गतिविधिमा जेनजीको प्रत्यक्ष संलग्नता नभएको स्पष्ट पार्दै उनले नयाँ र पुराना दुवै अनुहारको भूमिका देखिएको बताए।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...