News Portal

प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

३०१ पटक

काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको मुद्दा मिल्दाजुल्दा हुँदाहुँदै पनि पार्टी कार्यालय र आफ्नो निजी निवासमा आगजनी हुनु दुःखद भएको बताएका छन्।

प्रेस वक्तव्य जारी गर्दै उनले आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत केही अवाञ्छित समूह घुसेर तोडफोड र आगजनी गरेको आरोप लगाए। प्रचण्डका अनुसार त्यही तत्त्वहरूले सिंहदरबारसहित राज्यका साझा संरचनामा समेत आगो लगाएका थिए।

उनले जेनजी आन्दोलनले उठाएका मागहरू संविधान र संसदीय प्रक्रियाबाटै पूरा गर्न सकिने दाबी गर्दै, संसद विघटन वा संविधानविरोधी कुनै एजेन्डा नभएको प्रष्ट पारे।

जेनजी पुस्ताले अघि सारेका सवालहरूले देशलाई उन्नत लोकतन्त्रतर्फ अघि बढाउने अवसर खोलिदिएको भन्दै उनले धन्यवाद व्यक्त गरे। आन्दोलनका केही पीडादायी पक्ष भए पनि समग्रमा यसले राष्ट्रलाई सकारात्मक दिशामा लैजाने विश्वास उनले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...