News Portal

  • प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    २०७ पटक

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको मुद्दा मिल्दाजुल्दा हुँदाहुँदै पनि पार्टी कार्यालय र आफ्नो निजी निवासमा आगजनी हुनु दुःखद भएको बताएका छन्।

    प्रेस वक्तव्य जारी गर्दै उनले आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत केही अवाञ्छित समूह घुसेर तोडफोड र आगजनी गरेको आरोप लगाए। प्रचण्डका अनुसार त्यही तत्त्वहरूले सिंहदरबारसहित राज्यका साझा संरचनामा समेत आगो लगाएका थिए।

    उनले जेनजी आन्दोलनले उठाएका मागहरू संविधान र संसदीय प्रक्रियाबाटै पूरा गर्न सकिने दाबी गर्दै, संसद विघटन वा संविधानविरोधी कुनै एजेन्डा नभएको प्रष्ट पारे।

    जेनजी पुस्ताले अघि सारेका सवालहरूले देशलाई उन्नत लोकतन्त्रतर्फ अघि बढाउने अवसर खोलिदिएको भन्दै उनले धन्यवाद व्यक्त गरे। आन्दोलनका केही पीडादायी पक्ष भए पनि समग्रमा यसले राष्ट्रलाई सकारात्मक दिशामा लैजाने विश्वास उनले व्यक्त गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...