News Portal

जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

३६३ पटक

काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल भएको छ। पाँच हजारभन्दा बढी सहभागी रहेको कार्यक्रममा सबैभन्दा बढी समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पाएकी छन्।

काठमाडौंका मेयर बालेन्द्र साह जेनजीबीच निकै लोकप्रिय भए पनि, बैठकमा सम्पर्क गर्दा उनले फोन नउठाएको सहभागीहरुले बताएका छन्। त्यसपछि बैठकले अन्य नामतर्फ ध्यान केन्द्रित गरेको थियो।

कार्कीलाई यसअघि नै जेनजी तर्फबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो। उनले कम्तीमा एक हजार हस्ताक्षरको माग गरेकी थिइन्। तर, अहिलेसम्म उनले दुई हजार पाँच सयभन्दा बढी लिखित समर्थन संकलन गरिसकेको स्रोतको दाबी छ।

यसैगरी बैठकमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङलगायतका नाम पनि चर्चामा आएका थिए। युट्यूबर ‘र्‍यान्डम नेपाली’ अर्थात् राष्ट्रविमोचन तिमल्सिनालाई समेत उल्लेखनीय मत प्राप्त भएको छ। तर, उनले अरु कसैले जिम्मेवारी नलिएको अवस्थामा मात्रै अघि बढ्ने स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...