News Portal

  • जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    १७७ पटक

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद भर्चुअल छलफल सुरु गरेका छन्। डिस्कोर्ड प्लेटफर्ममार्फत भएको छलफलमा ३२ सयभन्दा बढी युवाको सक्रिय सहभागिता रहेको छ।

    बैठकमा सहभागीहरूले आगामी राजनीतिक संरचना र शासन प्रणालीबारे आफ्ना धारणा राखेका छन्। विशेषगरी संसद विघटनपछि निर्वाचन कहिले गर्ने भन्ने विषयमा बहस केन्द्रित भएको छ। उनीहरूको प्रस्ताव अनुसार कम्तीमा ६ महिनाभित्र र बढीमा १ वर्षभित्र चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ।

    युवाहरूले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको पक्षमा आवाज उठाएका छन्। छलफलमा प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्ष हुने, एक व्यक्तिले अधिकतम दुई कार्यकालसम्म मात्रै प्रधानमन्त्री बन्न पाउने जस्ता बुँदाहरूलाई पनि टुंगोमा पुर्‍याउने प्रयास भइरहेको छ।

    यस्तै, वार्तामा सहभागी हुने प्रतिनिधि कसलाई बनाउने र नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि ती युवाहरूबीच आन्तरिक बहस भइरहेको बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...