News Portal

जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

२१४ पटक

काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद भर्चुअल छलफल सुरु गरेका छन्। डिस्कोर्ड प्लेटफर्ममार्फत भएको छलफलमा ३२ सयभन्दा बढी युवाको सक्रिय सहभागिता रहेको छ।

बैठकमा सहभागीहरूले आगामी राजनीतिक संरचना र शासन प्रणालीबारे आफ्ना धारणा राखेका छन्। विशेषगरी संसद विघटनपछि निर्वाचन कहिले गर्ने भन्ने विषयमा बहस केन्द्रित भएको छ। उनीहरूको प्रस्ताव अनुसार कम्तीमा ६ महिनाभित्र र बढीमा १ वर्षभित्र चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ।

युवाहरूले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको पक्षमा आवाज उठाएका छन्। छलफलमा प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्ष हुने, एक व्यक्तिले अधिकतम दुई कार्यकालसम्म मात्रै प्रधानमन्त्री बन्न पाउने जस्ता बुँदाहरूलाई पनि टुंगोमा पुर्‍याउने प्रयास भइरहेको छ।

यस्तै, वार्तामा सहभागी हुने प्रतिनिधि कसलाई बनाउने र नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि ती युवाहरूबीच आन्तरिक बहस भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...