News Portal

प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

२१२ पटक

काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली सेनाले फिर्ता लिएको छ। सेनाका अनुसार अहिलेसम्म २३ थान हतियार, ३३ लाख ७० हजार रुपैयाँ नगद र विभिन्न सञ्चार उपकरणहरू फिर्ता आइसकेका छन्।

भक्तपुरको लोकन्थलीसहित विभिन्न स्थानमा गस्तीमा रहेका सैनिक टोलीलाई स्थानीय युवाहरूले ती सामग्री बुझाएका हुन्। मंगलबार भएको झडपमा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोस्नुका साथै सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए।

घटनापछि सुरक्षा जिम्मेवारी सेनाले सम्हाल्दै मंगलबार राति १० बजेदेखि देशभर गस्ती बढाएको छ। सेनाले तोडफोड र लुटपाटमा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...