News Portal

  • कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    १०८ पटक

    काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा यस्तो निर्णय गरेको बताएका हुन्।

    मन्त्री अधिकारीले सरकारले अपनाएको व्यवहारले आफूलाई ‘अपराधबोध’ भएको र यो ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने उल्लेख गरेका छन्।

    विज्ञप्तिमा उनले भनेका छन्, “हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानाशाहीतर्फ गइरहेको हो कि भन्ने आशंका ममा गहिरिएको छ।”

    उनले ‘देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार गरियो?’ भन्दै प्रश्न गरेका छन्। यसप्रकारको अवस्थाबारे जवाफ नखोजी सत्तामा बसिरहन नसक्ने उनले स्पष्ट पारेका छन्।

    “कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहनु मेरो नैतिकता र दलले दिएको शिक्षा दुवैको खिलाफ हुने भएकाले पदमा बसिरहन सक्दिनँ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

    धादिङ–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी २०८१ असार ३१ गते कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए। उनले आफ्नो दलको लोकतान्त्रिक इतिहासप्रति गर्व रहेको र अहिंसालाई लोकतन्त्रको प्राण मान्ने सिद्धान्तप्रति अडिग रहने बताएका छन्।

    अन्त्यमा उनले भनेका छन्, “जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामीभन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने चेतना नेताहरूमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...