
काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेकी छन्।
सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाएको उल्लेख गर्दै लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले राजीनामा दिनैपर्छ।”
उनले प्रदर्शनका क्रममा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन्। उनले थपेकी छन्, “नेपाली मारेर शासन गरिने–बच्चा मारेर शासन गरिने–नेपाल सरकार धिक्कार!”