News Portal

युवा शक्ति टीम कुवेतले रक्तदान कार्यक्रम गर्ने

५६५ पटक

कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले  रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली समुदायबीच मानव सेवा र सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कुवेतमा भर्खरै मात्रै गठन भएको युवा शक्ति टिमले आफ्नो पहिलो सामाजिक कार्य रक्तदान कार्यक्रमबाट आयोजना गर्ने भएको छ।

रक्तदान जस्तो पुण्य कार्यमा सबैको सहभागिता आवश्यक छ। हामीले विदेशमा रहे पनि समाजप्रति हाम्रो कर्तव्य छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी युवा शक्ति टिमको युवा संयोजकले जानकारी दिए।

युवा शक्ति टिमले सम्पूर्ण नेपाली समुदायलाई सो कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। विशेष गरी युवाहरूलाई सामाजिक जागरूकता फैलाउनका लागि यस्तो अभियानमा जुट्न प्रेरणा दिने उद्देश्य राखिएको छ। संस्थाले निकट भविष्यमा अरू सामाजिक, सांस्कृतिक तथा मानव सेवामूलक कार्यक्रमहरू पनि गर्ने प्रतिबद्धता जनाएको छ।

रक्तदान कार्यक्रम हुने मिति स्थान र समय ,मिति
स्थान – जाबरिया सेन्टल ब्लड बैंक कुवेत
समय- दिउँसो २ बजेदेखि ४ बजे

मिति – सेप्टेम्बर १२, २०२५

रक्तदान कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला।

महेस लामा -९७८१५७७१
मदन चम्लागाईं – ६९९७००५८
विशाल डल्लाकोटी – ५१०८०९३५
पावल राई -५६६३०२८४

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...