News Portal

  • केपी ओली सरकार हिटलरी मार्गमा

    ३७१ पटक

    – कमला थापा

    २०८२ भदौ २३ गते।

    आजबाट नाति पुस्ताको आन्दोलन सुरु भयो। १९९७, २०१२/१५ देखीको बिचमा जन्मिएका वालवालिकाहरुरूलाई Gen Z भनिन्छ। उनिहरु डिजिटल यूगमा जन्मिए। हामीहरु किसानि यूग र औद्योगिक यूगमा जन्मियौ। आजका नवयूवाहरुको कुरा, माग र एक्काईसौं शताब्दिको भावना बुझ्न सक्ने सरकार, नेता, राजनैतिक दलहरु नभएको कारणले आज हाम्रा नाती पुस्ताहरु जो स्कूल, +१२ पढ्दै गरेका र भर्खरै यूनिवर्सिटी सुरु गरेका पुस्ताको आन्दोलन सुरु भयो। यो सुरु गराउने काम हाम्रा बुढा, थाकिसकेका र समाजले तिरस्कार गरेका ब्यक्ति र राजनैतिक दलहरुको हालिमुहाली, जिर्ण नेतृत्वको दासत्वपूर्ण जिम्मेवार छन्। यो धेरै दुखदायी पिडा हो।

    “नेपाली कांग्रेसका महामन्त्रीद्धयले आफ्नो लेटर प्याडमा लेखेर सभापति र प्रधानमन्त्रीलाई दिने की ? सस्तो लोकप्रियता हासिल गर्न ऐक्यबद्धता जनाउने ? यो राज्य शक्ति हातमा लिएकाहरुको नौटंकी मात्र हो।”

    सबैका घरघरबाट निस्किएका नवयूवाहरुलाई शुभकामना दिएर पठाउदा आमा-बुवा, हजुरआमा र हजुरबुवा भाबुक हुदै आखामा आंसु छचल्किएको देखियो। यो भन्दा दर्दनाक देशको अबस्था के हुन सक्छ ? हामीले ल्याएको प्रजातन्त्र, लोकतन्त्र भन्ने बेसरम सरकार, राजनैतिक दलका नेताहरुलाई धिक्कार छ। बरु रानी पोखरीमा डुबेर मर्दा भयो। हामी जन्मदा हाम्रा बुबाआमाहरु किसानी गर्थे, कुट्टो, कोदालो, मलका डोका, घास, दाउरा गर्थे कृर्षि र औद्योगिक यूगमा जन्मियौं हामिले त्यही जान्यौं सिक्यौं। आजका पुस्ता डिजिटल यूगमा जन्मिए पढाई, लेखाई त्यहि अनुरुप हुन्छ। नेताहरुले कसरी बिर्सिए कोरोनाको बेला स्कूलहरुमा अनलाईन पढाई भएको। आजकल पनि लामो छुट्टी हुदां अनलाईन पढाई हुन्छ। यो यूगको माग र बिकासको क्रम हो। जुन यूगमा जन्मिए त्यहि यूग अनुसारको अधिकार, सुविधा, खोज्नु नवयूवाहरुको नैसर्गिक अधिकार हो। जिवनका उत्तरार्धमा पुगेका जिर्ण बन्दै गएका नेताहरुबाट बुझ्न सम्भव छैन। नेपाली कांग्रेसका महामन्त्रीद्धयले आफ्नो लेटर प्याडमा लेखेर सभापति र प्रधानमन्त्रीलाई दिने की ? सस्तो लोकप्रियता हासिल गर्न ऐक्यबद्धता जनाउने ? यो राज्य शक्ति हातमा लिएकाहरुको नौटंकी मात्र हो।

    “आजको यूगमा अनलाईन, फेसबुक, टूईटर, हाटर्सप, यूटुप, मोवाइल सबै कामकाजी साधन देखि जिवन शैली बनिसकेको छ। सामाजिक संजाल बन्द गर्नुको मुख्य उद्देश्य भनेको सरकार नेताहरुले गरेको भ्रष्टाचार, तस्कर, मानव बेचबिखन, भू-माफिया, बिचौलियाहरुको कर्तुत लुकाउन र दवाउनकै लागि मात्र हो। अन्यथा यस्ले कोसैलाई नोक्सानी पुर्याएको भन्दा फाईदै पुर्याएको होला। बिदेशमा छोराछोरीहरुसंग कुरा गर्न यो सस्तो साधनको माध्यम हो। फोनबाट कुरा गर्ने हैसियत अभिभावक, यूवाहरु मा छैन। त्यसैलाई बन्द गरेर सबैलाई आघात पुग्ने काम यो सरकारले गरेको छ।”

    यूवादेखि केही पाका उमेरका जनता बिदेश पलाएन भैसके, उनैले पठाएको रकमबाट बालबच्चा को पढाई देखी बुढा आमाबुवाको घर खर्च, औषधि उपचारको गुजारा चलेको छ। ब्यापार, देखी, अहिले कतिपय ईन्जिनियर, विद्यावारिधि गर्ने बिध्यार्थीहरु, अनलाइन पढाई र जुम बैठकहरु सामाजिक संजालबाटै भएका छन्। नेताहरुले खाएको देखि, स्वदेश र बिदेशका भ्रमण, ल्पेन चढेको देखि, बिवाह, काजकृया स्थलमा पुगेका फोटो हाल्ने,प्रचार प्रसार गर्ने , उखान टुक्कामा जय-जय कार गर्दै थपडि बजाएको गडगडाहट आवाज प्रसारण यहि संजाल मार्फत नै गरेका छन्। सहि अर्थमा भन्नु पर्दा यसको सदुपयोग भन्दा दुरुपयोग गर्नेमा नेताहरु नै पर्छन्।

    आजको यूगमा अनलाईन, फेसबुक, टूईटर, हाटर्सप, यूटुप, मोवाइल सबै कामकाजी साधन देखि जिवन शैली बनिसकेको छ। सामाजिक संजाल बन्द गर्नुको मुख्य उद्देश्य भनेको सरकार नेताहरुले गरेको भ्रष्टाचार, तस्कर, मानव बेचबिखन, भू-माफिया, बिचौलियाहरुको कर्तुत लुकाउन र दवाउनकै लागि मात्र हो। अन्यथा यस्ले कोसैलाई नोक्सानी पुर्याएको भन्दा फाईदै पुर्याएको होला। बिदेशमा छोराछोरीहरुसंग कुरा गर्न यो सस्तो साधनको माध्यम हो। फोनबाट कुरा गर्ने हैसियत अभिभावक, यूवाहरु मा छैन। त्यसैलाई बन्द गरेर सबैलाई आघात पुग्ने काम यो सरकारले गरेको छ। एक प्रकारले भन्नु पर्दा यसबाट गुजारा गर्नेहरुको रोजिरोटी मुख समेत मोसेको छ। भर्खरै दुई दिन गाडि हरिसिद्धि सडकमा ११ बर्षिया बालिका जेब्रा क्रसिङमा बाटोकाटिरहदा कोसी प्रदेशका मन्त्रीको गाडिले ठक्कर दिएर भाग्यो। बालिका हस्पिटलको आईसीयूमा छिन्। सोही दिन एमालेको बिधान सभा बैठक गोदावरीमा हुदै थियो। मन्त्री को गाडि पक्रिने, कारवाही अगाडि बढाउने भन्दा प्रधानमन्त्री केपि शर्मा ओलि घटनाको बिषयमा आफ्नो फैसला सुनाउँदै थिए। सडकमा त्यस्ता सानातिना घटना हुन्छन्। राजनिति करण गर्न जरुरी छैन। मान्छे को ज्यान संग यत्रो खेलबाड ! त्यसैले भन्नु पर्छ यो कांग्रेस र एमालेको गठबन्धन केपी सरकार हिटलरी मार्ग तर्फ उन्मुख छ। यसैलाई जनताले कसरी लोकतन्त्र मान्ने ?

    “यसपालीको गाईजात्रा महोत्सवमा सिस्नोपानी परिवारले “जुरुक्क कर्णाली” भन्ने कार्यक्रम प्रस्तुत गरेको अत्यन्त उत्कृष्ट थियो। प्रधानमन्त्रीदेखी सबै राजनैतिक दलका नेताहरु अग्र पंक्तिमा थिए। सबैको अनुहार हसिलो देखिन्थ्यो, सिवाय प्रधानमन्त्री र उहांको धर्म पन्नी बाहेक, यो उमेरमा पनि मिथिला शर्माको उत्कृष्ट नाच, दुई जना बैनीहरुको त्यो बुलन्द आवाजमा गाइएको गित र कलाकारहरुको बाध्य वादन अर्जुनजीको कविता बास्तवमै मनमोहकका साथै सूचना, ज्ञानबर्धक, चेतनामुलक सन्देश थियो भन्दा अत्युक्ति नहोला। त्यसैले Gne Z हरुले उठाउन खोजेका आफ्नो हक अधिकार प्रति हामी जस्ता सबै अभिभावकहरुको समर्थन र ऐक्यबद्धता रहनेछ। सरकारका भिजिलान्ते प्रयोग र प्रहरी दमन हुनुहुदैन त्यस्तो भएको खण्डमा “जुरुक्क कर्णाली” मात्र हैन सिंगो देश जुरुक्क हुनुपर्छ।”

    भर्खरै केही समय अगाडि नवयूवराज हृदयेन्द्र शाहको जुम्ला कर्णाली भ्रमणमा उहांले बनाएको एउटा सानो १५ मिनेटको भ्लबले कर्णाली बासी देखि स्वदेश, बिदेश विश्वलाई नै मोहित बनायो। आज नवयूवराज हृदयन्द्र शाह र राजसंस्था प्रति जनताको जयजयकार भैरहेको छ। त्यसैले कर्णालीको बिकास र पर्यटनको लागि ठूलो टेवा पुर्याउने छ। त्यहि आधारमा यसपालीको गाईजात्रा महोत्सवमा सिस्नोपानी परिवारले “जुरुक्क कर्णाली” भन्ने कार्यक्रम प्रस्तुत गरेको अत्यन्त उत्कृष्ट थियो। प्रधानमन्त्रीदेखी सबै राजनैतिक दलका नेताहरु अग्र पंक्तिमा थिए। सबैको अनुहार हसिलो देखिन्थ्यो, सिवाय प्रधानमन्त्री र उहांको धर्म पन्नी बाहेक, यो उमेरमा पनि मिथिला शर्माको उत्कृष्ट नाच, दुई जना बैनीहरुको त्यो बुलन्द आवाजमा गाइएको गित र कलाकारहरुको बाध्य वादन अर्जुनजीको कविता बास्तवमै मनमोहकका साथै सूचना, ज्ञानबर्धक, चेतनामुलक सन्देश थियो भन्दा अत्युक्ति नहोला। त्यसैले Gne Z हरुले उठाउन खोजेका आफ्नो हक अधिकार प्रति हामी जस्ता सबै अभिभावकहरुको समर्थन र ऐक्यबद्धता रहनेछ। सरकारका भिजिलान्ते प्रयोग र प्रहरी दमन हुनुहुदैन त्यस्तो भएको खण्डमा “जुरुक्क कर्णाली” मात्र हैन सिंगो देश जुरुक्क हुनु पर्छ। पत्रकार मित्रहरुसंग अनुरोध छ। तपाईहरुको क्यामेरा आन्दोलन स्थलका चारैतिर घरका छत, बार्दली र झ्यालतिर पनि घुमाई दिनुहोला भन्ने अनुरोध गर्दछु।

    भर्खरै समाचार आएको छ। यूथ प्रदर्शनकारीहरुमाथि सरकारले निकै ठूलो दमन गरेको छ। गोली, अश्रुग्यास, लाठी चलाएको देखिन्छ। प्रजातान्त्रिको हिमायती नेपाली कांग्रेस के हेरेर बसेको छ ? जनता मार्न केपी ओलीलाई साथ दिने नेपाली कांग्रेसको देउवा नेतृत्व खवरदार जनताले एक एक हिसावब गर्ने छन्। विदेशीका दास, हिटलरहरुको दमनको दिनगन्ती अब सांच्चै सुरु भयो। श्री पशुपतिनाथले आफ्नो रुद्र रुप धारण नरेर दुष्टहरुको संहार गर्दै नेपाली जनताको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...