News Portal

जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

३७५ पटक

काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी नहुने निर्णय भएको छ। उनी आउने खण्डमा विरोधकर्ताले ‘नट अलाउड’ लेखिएको ब्यानर प्रदर्शन गर्ने जानकारी आन्दोलनका एक सदस्यले दिएका छन्।

जेन जेडका युवाहरूले सामाजिक सञ्जाल पूर्णरूपमा खुलाउन, वरिष्ठ नेताले प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउन, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्ने माग राखेर आन्दोलनको आयोजना गरेका हुन्। प्रसाईंले फेसबुकमार्फत आफू पनि सहभागी हुने घोषणा गरेका थिए।

तर, आज तीनकुनेमा बसेको बैठकले उनलाई आन्दोलनमा सहभागी नहुने निर्णय गरेको हो। आदित्य मिश्रले भने, “उहाँ क्लिन व्यक्ति होइन, अदालतमा मुद्दा चलिरहेको छ। हाम्रो आन्दोलनमा कसैलाई निषेध छैन, तर उहाँ आउनुभयो भने ब्यानर देखाइनेछ।”

भोलि बिहान ९ बजेदेखि थापाथलीस्थित माइतीघर मण्डलामा जेन जेडले आन्दोलन गर्दैछन्।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...