News Portal

बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

३१९ पटक

विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले ललितपुरमा भएको बालिका ठक्कर घटनामा आफू गैरजिम्मेवार नभएको दाबी गरेका छन्।

शनिबार बिहान हरिसिद्धि क्षेत्रमा मन्त्री सवार गाडीले जेब्रा क्रसिङ नजिक बाटो काट्दै गरेकी एक बालिकालाई ठक्कर दिएको थियो। गाडी नरोकी अघि बढेपछि आलोचना भएको थियो।

तर, मन्त्री रानाका अनुसार अपरिचित स्थान भएकाले भिडले गाडीमा तोडफोड गर्न सक्ने डरले गाडी रोकिन सकेन। उनले तुरुन्तै प्रहरीलाई खबर गरेको र घाइते बालिकाको उपचारमा सहयोग गरेको बताए।

उनका अनुसार चालकले तुरुन्त ब्रेक लगाएकोले ठुलो दुर्घटना हुन पाएन। बालिकालाई बी एण्ड बी अस्पतालमा दुई घण्टाको उपचारपछि डिस्चार्ज गरिएको छ।

“यो सानो दुर्घटना हो, ठुलो घटना होइन,” मन्त्री रानाले भने। बालिकालाई आफैं लैजाँदा गलत बुझिने सम्भावना भएकाले प्रशासनमार्फत उपचार गराउन उचित ठानेको उनले बताए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...