News Portal

ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

२२५ पटक

काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमार्फत प्रतिस्पर्धी दलहरूको मूल्याङ्कन प्रस्तुत गरेका छन्।

ओलीका अनुसार नेपाली कांग्रेसले इतिहासमा लोकतन्त्र र राज्य सञ्चालनमा योगदान पुर्‍याए पनि नवउदारवादी नीतिका कारण अहिले नेतृत्व गर्न सक्ने क्षमता छैन। उनले समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी एमालेबाहेक अरू दलले पूरा गर्न सक्दैन भनी बताएका छन्।

माओवादी केन्द्रबारे ओलीले भने– अस्थिरता, अवसरवाद र विभाजनकारी प्रवृत्तिका कारण यो दल अहिले वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले कमजोर हुँदै गएको छ। उनका अनुसार प्रचण्ड नेतृत्वमा लिइएको ‘माओवादी मार्ग’ असफल भइसकेको छ।

मधेसकेन्द्रित दलहरूलाई उनले संकीर्ण र यथास्थितिवादी दृष्टिकोण बोकेको भन्दै राष्ट्रको नेतृत्व गर्न असक्षम भनेका छन्।

राप्रपा र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने प्रयासमा लागेका र केहीले धर्मलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्न खोजेको ओलीको टिप्पणी छ।

रास्वपा लगायतका केही दल र नेताहरूले समाजमा उत्पन्न असन्तुष्टिलाई फाइदा लिन खोजेको भन्दै उनले तिनलाई ‘पपुलिस्ट’ भनेका छन्।

अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्तिको निर्णायक शक्ति बनाउन अघि बढेको र नेपालमा राष्ट्रिय शक्ति र आत्मसमर्पणवादी शक्ति बीच निरन्तर प्रतिस्पर्धा हुँदै आएको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...