News Portal

हाम्रो पात्रोले सुरु गर्‍यो दर्ता प्रक्रिया, मेटालाई पठाइयो आवश्यक विवरण

१९२ पटक

काठमाडौं, भदौ १९ – नेपालमा दर्ता नभएका कारण सरकारले निष्क्रिय सूचीमा राखेका एप्समध्ये ‘हाम्रो पात्रो’ ले दर्ता प्रक्रिया अघि बढाएको छ।

सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार, हाम्रो पात्रो प्लेटफर्मले बिहीबार मन्त्रालयमा दर्ताका लागि औपचारिक निवेदन पेस गरेको हो। सोही क्रममा मन्त्रालयले फेसबुक कम्पनी मेटालाई पनि नेपालका कानुनअनुसार आवश्यक विवरणसहितको सूची पठाएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले मेटाले मागेका कागजातसम्बन्धी अनौपचारिक जानकारी आदान–प्रदान भएको बताउँदै नेपालमा सञ्चालन हुन दर्ता अनिवार्य हुने प्रष्ट पारे।

यसअघि सरकारकाे निर्देशनअनुसार दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई फेसबुक, हाम्रो पात्रो सहित २६ वटा अनदर्ता प्लेटफर्म दर्ता नभएसम्म सेवा बन्द गर्न पत्राचार गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...