News Portal

शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

१८८ पटक

काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध गरेको छ।

प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त र अवरोधमुक्त छिमेकी अभियान’ सुरु गर्दै नागरिकहरूलाई दैनिक जीवनका गतिविधिमा आवाज कम गर्ने उपाय अपनाउन आग्रह गरेको हो। यस अभियान अन्तर्गत प्रहरीले पाँच बुँदा र त्यसका उपबुँदाहरू सार्वजनिक गरेको छ।

अनुरोध अनुसार, राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउने, शौचालय फ्लस गर्दा कम आवाज हुने तरिका अपनाउने, फोन कल गर्दा आवाज कम राख्ने वा हेडफोन प्रयोग गर्ने, भान्सामा भाडाकुडा ठकठक नगर्ने, र राति गेट ढकढकाउने वा घण्टी बजाउने काम नगर्ने भन्ने सुझाव दिइएको छ।

प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक छ। विशेषगरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकामा यसले शारीरिक, मानसिक र शैक्षिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...