News Portal

शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

२६४ पटक

काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध गरेको छ।

प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त र अवरोधमुक्त छिमेकी अभियान’ सुरु गर्दै नागरिकहरूलाई दैनिक जीवनका गतिविधिमा आवाज कम गर्ने उपाय अपनाउन आग्रह गरेको हो। यस अभियान अन्तर्गत प्रहरीले पाँच बुँदा र त्यसका उपबुँदाहरू सार्वजनिक गरेको छ।

अनुरोध अनुसार, राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउने, शौचालय फ्लस गर्दा कम आवाज हुने तरिका अपनाउने, फोन कल गर्दा आवाज कम राख्ने वा हेडफोन प्रयोग गर्ने, भान्सामा भाडाकुडा ठकठक नगर्ने, र राति गेट ढकढकाउने वा घण्टी बजाउने काम नगर्ने भन्ने सुझाव दिइएको छ।

प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक छ। विशेषगरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकामा यसले शारीरिक, मानसिक र शैक्षिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...