News Portal

नेपाली र भूटानी नागरिकका लागि भारत प्रवेशमा सहजता

३८० पटक

काठमाडौं, भदौ १९ – भारत सरकारले २ सेप्टेम्बर २०८२ देखि लागू गरेको नयाँ इमिग्रेसन नियमअनुसार नेपाल र भूटानका नागरिकलाई पासपोर्ट र भिसा आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

यससँगै पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानका हिन्दू, बौद्ध, जैन र सिख अल्पसंख्यक समुदायलाई पनि छुट दिइएको छ।

नयाँ नियमले भारतीय सेनाका सदस्यहरू सरकारी कामका लागि विदेश जाने क्रममा परिवारसहित पासपोर्ट र भिसा नचाहिने व्यवस्था गरेको छ। भारतीय नागरिकले नेपाल वा भूटानतर्फको भूमि वा हवाई मार्गबाट प्रवेश गर्दा पासपोर्ट–भिसा आवश्यक पर्दैन। तर, चीन, मकाउ, हङकङ वा पाकिस्तान हुँदै भारत प्रवेश गर्दा पासपोर्ट चाहिनेछ।

साथै, २०१५ जनवरी ९ अघि भारतमा दर्ता भएका श्रीलङ्काली तमिल शरणार्थी, कूटनीतिक वा सरकारी पासपोर्टधारी, भिसा-अन-अराइभल पाउने देशका नागरिक, वा भारत भ्रमणमा आएका विदेशी सैन्य जहाजका कर्मचारीलाई पनि छुट दिइएको छ।

वाहक साधन सम्बन्धी नयाँ नियमले, यात्रीको कागजात नक्कली भए, स्टोअवे भए वा उडान/जहाज डाइभर्ट भएमा वाहकलाई जिम्मेवार नराख्ने व्यवस्था गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...