News Portal

रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

२२५ पटक

काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय गरेको छ। समितिको रिक्त पदका लागि भोलि निर्वाचन हुने तय भएको छ।

पार्टीको निर्णयअनुसार आफू सभापति पदका लागि अघि बढ्ने बताउँदै खतिवडाले उक्त जिम्मेवारी स्वीकार गर्ने जनाए।

यसअघि ईश्वरी न्यौपानेले सुनुवाइ समितिको सभापति पद छोडेपछि त्यहाँ रिक्तता आएको थियो। उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेकी थिइन्। त्यसपछि सो समितिको रिक्त सदस्यमा कांग्रेसले रामहरि खतिवडालाई पठाएको हो।

यद्यपि, केही समयअघि कुलिङ पिरियड छेडछाड प्रकरणको छानबिन समितिले नैतिक जिम्मेवारी ठहर गरेपछि खतिवडाले राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...