रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय गरेको छ। समितिको रिक्त पदका लागि भोलि निर्वाचन हुने तय भएको छ।
पार्टीको निर्णयअनुसार आफू सभापति पदका लागि अघि बढ्ने बताउँदै खतिवडाले उक्त जिम्मेवारी स्वीकार गर्ने जनाए।
यसअघि ईश्वरी न्यौपानेले सुनुवाइ समितिको सभापति पद छोडेपछि त्यहाँ रिक्तता आएको थियो। उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेकी थिइन्। त्यसपछि सो समितिको रिक्त सदस्यमा कांग्रेसले रामहरि खतिवडालाई पठाएको हो।
यद्यपि, केही समयअघि कुलिङ पिरियड छेडछाड प्रकरणको छानबिन समितिले नैतिक जिम्मेवारी ठहर गरेपछि खतिवडाले राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिएका थिए।


















