News Portal

जग्गा दर्ताको नाममा घुस माग्दा मालपोत कार्यालयका खरिदार समातिए

३३७ पटक

काभ्रेपलाञ्चोक, १८ भदौ – काभ्रे मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ।

साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा पुगेपछि बुधबार बिहान टोली खटिएको थियो। छापा मार्दा भण्डारी सेवाग्राहीसँग लिएको २ लाख रुपैयाँ र एउटा मोबाइलसहित पक्राउ परेका हुन्।

झापा स्थायी ठेगाना रहेका भण्डारी हाल धुलिखेल–४ मा बसोबास गर्दै आएका थिए। सामाजिक सञ्जालमा सक्रिय रहेका उनले पक्राउपछि आफ्ना अकाउन्ट निस्क्रिय बनाएका छन्।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार भण्डारीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय, टंगालमा लगिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...