News Portal

जग्गा दर्ताको नाममा घुस माग्दा मालपोत कार्यालयका खरिदार समातिए

२२९ पटक

काभ्रेपलाञ्चोक, १८ भदौ – काभ्रे मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ।

साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा पुगेपछि बुधबार बिहान टोली खटिएको थियो। छापा मार्दा भण्डारी सेवाग्राहीसँग लिएको २ लाख रुपैयाँ र एउटा मोबाइलसहित पक्राउ परेका हुन्।

झापा स्थायी ठेगाना रहेका भण्डारी हाल धुलिखेल–४ मा बसोबास गर्दै आएका थिए। सामाजिक सञ्जालमा सक्रिय रहेका उनले पक्राउपछि आफ्ना अकाउन्ट निस्क्रिय बनाएका छन्।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार भण्डारीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय, टंगालमा लगिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...