News Portal

नक्कली भ्याट बिल प्रकरणमा हार्डवेयर व्यवसायी बियानीलाई १ अर्ब ४० करोड जरिवाना र ६ महिना कैद

३११ पटक

विराटनगर, भदौ १८ – विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिल प्रकरणमा आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ४० करोड बिगो जरिवाना र ६ महिना कैदको सजाय सुनाएको छ।

गत असार १६ गते पक्राउ परेका बियानीलाई सुरुवाती छानबिनमा १ अर्ब ३१ करोड जरिवाना तोकिएको थियो। तर विस्तृत अनुसन्धानपछि बिगो रकम थपिँदै अन्ततः १ अर्ब ४० करोड कायम गरिएको राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए।

‘न्यु सौरभ ट्रेडिङ’ र ‘बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’ सञ्चालन गर्दै आएका बियानीलाई धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो। यससँग सम्बन्धित अन्य फर्महरूको समेत अनुसन्धान भइरहेको विभागले जनाएको छ।

विभागको यो निर्णयलाई अस्वीकार गर्न चाहने पक्षले २५ प्रतिशत धरौटी बुझाएर विभागमै पुनरवलोकन माग गर्न सक्नेछन्। त्यसपछि पनि चित्त नबुझे राजस्व न्यायाधिकरण हुँदै सर्वोच्च अदालतसम्म जाने कानुनी व्यवस्था छ।

नक्कली भ्याट बिल के हो ?

नक्कली भ्याट बिलमा वास्तविक रूपमा सामान वा सेवाको खरिद–बिक्री हुँदैन, तर कारोबार भएको देखाउने खालको कागजात तयार पारिन्छ। यस्तो झुटा विवरण खरिद र बिक्रीको विवरण मिल्दैन भन्ने ‘मिसम्याच’ बाट पत्ता लाग्ने गरेको कर अधिकारीहरूले बताएका छन्।

बियानी पक्राउको घटना पनि यही प्रक्रिया मार्फत खुलेको हो।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...