News Portal

गोरखामा भदौ महिनामै दशैं मनाइयो

१५० पटक

गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै मनाइएको छ।

सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका केही विद्यालय तथा टोलमा मंगलबार नै टीका–जमरा लगाएर दशैंको मुख्य दिनको रूपमा मनाइएको हो। यसको अगुवाइ ‘पर्व समय सुधार राष्ट्रिय समाज’ले गरेको बताइएको छ।

समाजका अनुसार भदौ ८ गते घटस्थापना गरेर जमरा राखिएको थियो। त्यसपछि भदौ १४ गते फुलपाती र १५ गते बलिप्रदानसहित अष्टमी पूजा सम्पन्न गरिएको अध्यक्ष तुलसा मरहट्टाले जानकारी दिइन्।

समाजले वैज्ञानिक आधार प्रस्तुत गर्दै २४ घण्टा भन्ने दिन वास्तवमा ३.२७ सेकेन्ड अपुग हुने र यस्तो क्रम निरन्तर भइरहे ७२ वर्षमा एक दिन हराउने हुँदा दशैं एक महिना अघि सारिएको बताएको छ।

समाजका संरक्षक खगोलविद् प्रा.डा. जयन्त आचार्यको नेतृत्वमा यस वर्ष शाखा र समितिहरूलाई भदौ १७ गते दशैंको टीका र असोज ७ गते तिहारको भाइटीका मनाउन निर्देशन दिइएको छ।

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने परम्परागत गणना अनुसार यस वर्ष विजया दशमीको टीका असोज १६ गते पर्ने स्पष्ट गरेको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...