News Portal

गोरखामा भदौ महिनामै दशैं मनाइयो

२३२ पटक

गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै मनाइएको छ।

सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका केही विद्यालय तथा टोलमा मंगलबार नै टीका–जमरा लगाएर दशैंको मुख्य दिनको रूपमा मनाइएको हो। यसको अगुवाइ ‘पर्व समय सुधार राष्ट्रिय समाज’ले गरेको बताइएको छ।

समाजका अनुसार भदौ ८ गते घटस्थापना गरेर जमरा राखिएको थियो। त्यसपछि भदौ १४ गते फुलपाती र १५ गते बलिप्रदानसहित अष्टमी पूजा सम्पन्न गरिएको अध्यक्ष तुलसा मरहट्टाले जानकारी दिइन्।

समाजले वैज्ञानिक आधार प्रस्तुत गर्दै २४ घण्टा भन्ने दिन वास्तवमा ३.२७ सेकेन्ड अपुग हुने र यस्तो क्रम निरन्तर भइरहे ७२ वर्षमा एक दिन हराउने हुँदा दशैं एक महिना अघि सारिएको बताएको छ।

समाजका संरक्षक खगोलविद् प्रा.डा. जयन्त आचार्यको नेतृत्वमा यस वर्ष शाखा र समितिहरूलाई भदौ १७ गते दशैंको टीका र असोज ७ गते तिहारको भाइटीका मनाउन निर्देशन दिइएको छ।

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने परम्परागत गणना अनुसार यस वर्ष विजया दशमीको टीका असोज १६ गते पर्ने स्पष्ट गरेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...