News Portal

कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

३९९ पटक

काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी धेरै बिरामीलाई जीवनदान दिइएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म विषाक्त मदिराबाट २३ जनाको मृत्यु भएको छ भने १६० जना बिरामी परेका छन्। ज्यान गुमाउनेमध्ये १३ जना नेपाली आप्रवासी श्रमिक रहेका छन्।

मृतकमध्ये १० जनाको परिवारले अंगदानको अनुमति दिएपछि चिकित्सकहरूले २० वटा मिर्गौला, ३ मुटु, ४ कलेजो र २ फोक्सो संकलन गरेका हुन्। फोक्सोबाहेक सबै अंगको सफलतापूर्वक प्रत्यारोपण भएको कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्ला पाँच दिनमा मात्रै तीनवटा मुटु प्रत्यारोपण सम्पन्न भएको छ भने कलेजो अबुधाबी पठाइएर प्रत्यारोपण गरिएको छ।

कुवेतको अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. मुस्तफा अल–मुसावीका अनुसार सघन उपचार कक्षमा भर्ना भएकामध्ये १२ जनालाई ‘ब्रेन डेड’ घोषणा गरिएको थियो। तीमध्ये १० जनाको परिवारले अंगदानमा सहमति जनाएका हुन्। उनका अनुसार मृतकबाट अंग दान गर्नु उच्चतम परोपकार मानिन्छ।

यस घटनामा संलग्न अवैध मदिरा उत्पादन तथा वितरण गर्ने ६७ जना पक्राउ परेका छन्। त्यस्तै विषाक्त रसायन आपूर्ति गर्ने गोदाममा पनि छापा मारिएको छ। कुवेतको गृहमन्त्रालयले सो क्रममा श्रम र आवासीय कानुन उल्लङ्घन गरेको आरोपमा थप २५८ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...