News Portal

गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

३०३ पटक

काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार करोड रुपैयाँ नगदसहित पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले सोमबार बिहान घरमा छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार श्रेष्ठले सुनका गरगहना धितो राखेर उच्च ब्याजमा रकम लगानी गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमै उनी मिटरब्याज कारोबारमा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

बरामद नगदमध्ये हालसम्म ३ करोड ७५ लाख रुपैयाँको विवरण प्राप्त भएको र थप सुनका गरगहनाको तौल तथा परीक्षण अझै जारी रहेको प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।

विशेष सूचनाका आधारमा गरिएको छापामारीबाट ठूलो परिमाणको नगद र गरगहना बरामद भएपछि प्रहरीले यसलाई अनुचित लेनदेनसँग जोडेको छ। अनुसन्धानका क्रममा श्रेष्ठको गोरखामा पनि घर रहेको खुलेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...