News Portal

विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

४३२ पटक

उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ  जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन।

भदौ १४ गते बिहान विद्यालयकै कार्यालयको कोठामा आफनै  बिद्यालयकी १४ बर्षीया छात्रा(बालिका)लाई जबरजस्ती करणी गरेको आरोपमा ४७ बर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी कार्यालयमा छात्राकी भाउजूले दिएको जाहेरीमा प्रधानाध्यापकले कार्यलयमै जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ।

आइतबार साँझ प्रहरीमा जाहेरी परेपछि प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईले बताए।

जाहेरीका आधारमा प्रहरीटोलीले श्रेष्ठलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ।

 

 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...