News Portal

अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

३७४ पटक

काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सरकारी तथ्यांकअनुसार सोमबारसम्म मृतकको संख्या ८१२ पुगेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्।

६ म्याग्निच्युडको भूकम्प कुनार र नाग्गारहार क्षेत्रमा गएराति गएको हो। त्यसयता ९ पटक परकम्प अनुभव गरिएको छ। भूकम्पका कारण ग्रामीण बस्तीमा माटो र ढुंगाका अधिकांश घर भत्किँदा उद्धार कार्य थप जटिल बनेको अधिकारीहरूले जनाएका छन्।

तालिबान सरकारका स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोगका लागि आग्रह गरेका छन्। तर अहिलेसम्म कुनै देश वा विदेशी संस्थाबाट प्रत्यक्ष उद्धार वा राहतको प्रस्ताव नआएको विदेश मन्त्रालयले जनाएको छ। यसबीच चीनले आवश्यकताअनुसार सहयोग गर्ने जनाएको छ भने भारत, पाकिस्तान, टर्की र अजरबैजानलगायतका मुलुकले संवेदना व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत अफगानिस्तानस्थित राष्ट्रसंघीय टोली प्रभावितलाई सहयोगका लागि सक्रिय रहेको जानकारी दिएका छन्। हालसम्म ३० जना डाक्टर प्रभावित क्षेत्रमा पठाइएका छन् भने ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पुर्याइएको छ।

भूगोलका हिसाबले हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने अफगानिस्तान भूकम्पको उच्च जोखिममा रहेको बताइन्छ। दुई वर्षअघि हेरातमा गएको शक्तिशाली भूकम्पमा सयौं मानिसको ज्यान गएको स्मरणीय छ। यसपटकको भूकम्पले गृहयुद्ध र आर्थिक कठिनाइसँग संघर्ष गरिरहेको अफगानिस्तानलाई फेरि गहिरो संकटमा धकेलेको छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...