News Portal

लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

२३४ पटक

वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट पारेका छन्। उनले नेपालका छिमेकी मित्रराष्ट्रहरूले यसलाई लिएर चित्त दुखाउनु नपर्ने बताए।

नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भारत र चीनले लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउनु सही भएको बताए।

उनले भने, “लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो। हामीले हाम्रो भूमि हाम्रो हो भनेर भन्नु कुनै देशसँगको सम्बन्ध बिग्रिने कारण होइन। मित्रराष्ट्र भारत र चीनले पनि यसमा चित्त दुखाउनु आवश्यक छैन। हाम्रो भूमि हाम्रो हो र यसमा हामी स्पष्ट छौँ।”

साथै, उनले नेपालले आफ्नो भूभाग कुनै पनि राष्ट्रको विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता पनि दोहोर्याए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...