News Portal

उदयपुरमा प्रधानाध्यापकद्वारा बालिकामाथि बलात्कार, आरोपी पक्राउ

२६१ पटक

उदयपुर, भदौ १६ – आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक बोर्डिङ स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन्।

बेलका नगरपालिका–२, कन्चनजङ्गा टोलका ४७ वर्षीय युवराज श्रेष्ठलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो। उनी हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति करिब १०:४५ बजे घटना भएको भन्दै पीडित पक्षले आइतबार साँझ जाहेरी दिएका थिए। जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखेको हो।

पीडित बालिकाकी भाउजूले आइतबार साँझ करिब साढे ६ बजे प्रहरीमा उजुरी दर्ता गरेकी थिइन्। त्यसपछि राति नै पक्राउ गरिएका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले जानकारी दिए।

स्थानीयहरूले सुरुवातमा घटनालाई लुकाउने प्रयास गरिएको तर कुरा बाहिरिएपछि दोषी उम्कन नसकेको बताएका छन्। उनीहरूका अनुसार केही जनप्रतिनिधिहरूमार्फत पीडित पक्षलाई दबाब दिने चेष्टा भए पनि अन्ततः घटना सार्वजनिक भएपछि प्रधानाध्यापक पक्राउ परेका हुन्।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...