News Portal

गण्डकी एमालेभित्र विद्या भण्डारीप्रति मतभेद, ओलीको काँध थाप्ने रणनीति?

३७२ पटक

पोखरा, भदौ १६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको पोखरा भ्रमणपछि सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि नेकपा एमालेभित्र आन्तरिक तरंग पैदा भएको छ।

पोखरामा सात दिन बसेर उनले हजारौं शुभेच्छुक, कार्यकर्ता र समाजका विभिन्न तहका व्यक्तिहरूसँग भेटघाट गरिन्। धेरै महिलाले उनलाई “फेरि राजनीतिमा फर्किनुपर्छ” भन्ने आग्रहसमेत गरेका थिए।

भण्डारीको सक्रियताले गण्डकी एमालेभित्र मिश्रित प्रतिक्रिया देखिएको छ। उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारी दुवै विपक्षमा उभिएका कारण धेरै नेताले खुलेर समर्थन जनाउन नसकेको देखिन्छ। यद्यपि, भित्रभित्रै भण्डारीप्रति समर्थन बढ्दै गएको दाबी गरिन्छ।

एक नेताले भने, “भण्डारीलाई सदस्यता नवीकरण रोकिनु कार्यकर्तामाथि अन्याय हो। कानुनले कतै रोक्दैन भने पार्टीले पनि रोक्नु हुँदैन।”

गण्डकीमा तत्काल प्रदेशवादी सोच हाबी भए पनि विधान महाधिवेशनपछि परिस्थिति बदलिन सक्ने नेताहरूको बुझाइ छ। यसैबीच, एमालेले २५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ, जसले पार्टीभित्र असुरक्षाको भाव थप बढाएको छ।

कतिपयले भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने संकेत अध्यक्ष केपी शर्मा ओलीकै पहल रहेको बताउँछन्। उनीहरूको बुझाइमा, ओलीले महासचिव शंकर पोखरेलको बढ्दो प्रभावलाई सन्तुलन गर्न भण्डारीलाई अघि सारेका हुन्।

हाल गण्डकी एमालेभित्र विद्या भण्डारीको पुनरागमनले मतभेद चुलिएको छ। एक पक्षले उनलाई देश र पार्टीका लागि आवश्यक ठानिरहेका छन् भने अर्काे पक्षले यसलाई आन्तरिक द्वन्द्व बढाउने कदमका रूपमा व्याख्या गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...