News Portal

कालोमोसोको धम्कीपछि यातायात विभागमा प्रहरी परिचालन

१८७ पटक

काठमाडौँ, भदौ १५ – अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरोधमा कालोमोसोको धम्की आएपछि यातायात व्यवस्था विभागमा सुरक्षा कडा गरिएको छ।

विभागका महानिर्देशक राजीव पोखरेलमाथि विरोध समूहले कालोमोसो फ्याँक्ने योजना बनाएको जानकारी पाएपछि सुरक्षाको विशेष व्यवस्था गरिएको हो। महँगो मूल्यमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य भएपछि विरोध र तनाव बढिरहेको बेला आइतबार प्रहरी परिचालन गरिएको बताइएको छ।

साउन १२ गते बसेको विषयगत समितिको बैठकले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेसँगै विभागले केही दिनअघि सूचना जारी गरेको थियो।

विभागका निर्देशक नरहरि तिवारीले भने, “प्रहरी सुरक्षा भए पनि अवस्था सामान्य छ। बजारमा विरोध र हल्ला देखिएपछि सुरक्षाको व्यवस्था गर्नु स्वाभाविक हो।”

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...