News Portal

९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

१९७ पटक

काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार गर्दै लगिएको छ। हालसम्म ९ वटा यातायात कार्यालयबाट नम्बर जडान भइरहेको छ भने असोज १ गतेदेखि थप ७ कार्यालयमार्फत सेवा उपलब्ध हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ।

हाल बागमती प्रदेशमा एकान्तकुना (ललितपुर), हेटौंडा (मकवानपुर), गुर्जुधारा (काठमाडौं) र टेकुस्थित सवारी परीक्षण कार्यालयमार्फत इम्बोस्ड नम्बर जडान भइरहेको छ। गण्डकी प्रदेशमा पोखरा (कास्की), लुम्बिनीमा बुटवल (रुपन्देही), तुल्सीपुर (दाङ) र नेपालगञ्ज (बाँके) मा सेवा उपलब्ध छ। कर्णाली प्रदेशमा भने सुर्खेत कार्यालयमार्फत नम्बर जडान भइरहेको विभागले जानकारी दिएको छ।

असोज १ गतेदेखि सुदूरपश्चिममा धनगढी र कञ्चनपुर, मधेश प्रदेशमा लहान (सिरहा), बागमतीमा चितवन, र कोशी प्रदेशमा इटहरी (सुनसरी) तथा बिर्तामोड (झापा) बाट पनि इम्बोस्ड नम्बर जडान सुरु हुने विभागले जनाएको छ।

मन्त्रीस्तरीय समितिको निर्णयअनुसार असोज १ गतेदेखि नयाँ दर्ता, नामसारी वा नवीकरण गर्न चाहने सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। विभागले सवारीधनीलाई आफूलाई पायक पर्ने कार्यालयमा गई समयमै नम्बर प्लेट जडान गराउन आग्रह गरेको छ।

सरकारले निकट भविष्यमा सबै सवारीसाधनमा यो प्रणाली लागू गर्दै विवरण डिजिटाइज गर्ने तयारी गरेको छ। साथै, देशभरका १० वटा मुख्य प्रवेश नाकामा आरएफआईडी गेट स्थापना गर्ने योजना रहेको छ। हाल काठमाडौंका दुई स्थानमा यो गेट निर्माण सम्पन्न भई प्रयोगमा आइसकेको विभागले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...