News Portal

दसैँका लागि नयाँ नोट भदौ २९ गतेदेखि साट्न पाइने

२६७ पटक

काठमाडौं, भदौ १५ – आउँदो विजया दशमीलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ (सुकिला) नोट वितरण गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित मुख्य कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयहरूबाट पनि नोट सटही सुविधा उपलब्ध हुनेछ ।

त्यस्तै, क, ख र ग वर्गमा परेका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमार्फत कारोबारको समयमा संघ–संस्था तथा सर्वसाधारणले सहज रूपमा नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस वर्ष घटस्थापना असोज ६ गते, फूलपाती असोज १३ गते र मुख्य दिन विजयादशमी असोज १६ गते पर्न गएको छ । परम्परागत रूपमा दसैँ पर्व घटस्थापनादेखि औपचारिक रूपमा सुरु हुन्छ ।

 

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...