News Portal

चेङदुमा लक्जरी अपार्टमेन्टमा बस्ने महिला मानसिक आघातमा

२९५ पटक

चेङदु, भदौ १३ – चीनको सिचुवान प्रान्तस्थित चेङदु सहरमा एक महिला अनपेक्षित घटनापछि मानसिक समस्यामा परेको समाचार सार्वजनिक भएको छ।

स्थानीय स्रोतका अनुसार लक्जरी अपार्टमेन्टमा बस्ने ती महिलालाई झ्याल सफा गर्ने कामदारले अकस्मात नग्नावस्थामा देखेपछि उनी डिप्रेसन र चिन्ताग्रस्त अवस्थामा पुगेकी छन्। गत अप्रिलमा घटेको उक्त घटनापछि चार महिनादेखि निरन्तर चिकित्सकको निगरानीमा रहेको उनका श्रीमान् चेंगले सामाजिक सञ्जालमार्फत बताएका छन्।

महिनामा करिब १० हजार युआन (झन्डै १,३९० अमेरिकी डलर) तिरेर बस्दै आएका दम्पतीले व्यवस्थापनलाई झ्याल सफाइको समयबारे जानकारी दिन आग्रह गरेका थिए। तर एक बिहान पूर्वसूचना बिना दुई कामदार सीधै शयनकक्षको झ्याल बाहिर देखिएपछि श्रीमती चेंग अत्तालिएकी थिइन्।

घटनापछि व्यवस्थापनले प्रारम्भमा केही फलफूल लिएर माफी मागे पनि त्यसयता कुनै चासो नदेखाएको चेंगको भनाइ छ। भाडामा करिब १० हजार युआन तिर्ने दम्पतीलाई व्यवस्थापनले दिएको ६०० युआन छुटको प्रस्ताव अस्वीकार्य भएको उनको दाबी छ।

सो घटना अहिले चीनको सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। कतिपयले व्यवस्थापनलाई गैरजिम्मेवार ठहराएका छन् भने केहीले महिलाले पर्दा नलगाएर सुत्नु पनि गल्ती भएको प्रतिक्रिया दिएका छन्। यतिमात्र नभई कतिपयले व्यङ्ग्य गर्दै, “कामदारले डरले झ्यालबाट खसेको भए के हुन्थ्यो?” भन्ने टिप्पणीसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...