News Portal

चेङदुमा लक्जरी अपार्टमेन्टमा बस्ने महिला मानसिक आघातमा

२५७ पटक

चेङदु, भदौ १३ – चीनको सिचुवान प्रान्तस्थित चेङदु सहरमा एक महिला अनपेक्षित घटनापछि मानसिक समस्यामा परेको समाचार सार्वजनिक भएको छ।

स्थानीय स्रोतका अनुसार लक्जरी अपार्टमेन्टमा बस्ने ती महिलालाई झ्याल सफा गर्ने कामदारले अकस्मात नग्नावस्थामा देखेपछि उनी डिप्रेसन र चिन्ताग्रस्त अवस्थामा पुगेकी छन्। गत अप्रिलमा घटेको उक्त घटनापछि चार महिनादेखि निरन्तर चिकित्सकको निगरानीमा रहेको उनका श्रीमान् चेंगले सामाजिक सञ्जालमार्फत बताएका छन्।

महिनामा करिब १० हजार युआन (झन्डै १,३९० अमेरिकी डलर) तिरेर बस्दै आएका दम्पतीले व्यवस्थापनलाई झ्याल सफाइको समयबारे जानकारी दिन आग्रह गरेका थिए। तर एक बिहान पूर्वसूचना बिना दुई कामदार सीधै शयनकक्षको झ्याल बाहिर देखिएपछि श्रीमती चेंग अत्तालिएकी थिइन्।

घटनापछि व्यवस्थापनले प्रारम्भमा केही फलफूल लिएर माफी मागे पनि त्यसयता कुनै चासो नदेखाएको चेंगको भनाइ छ। भाडामा करिब १० हजार युआन तिर्ने दम्पतीलाई व्यवस्थापनले दिएको ६०० युआन छुटको प्रस्ताव अस्वीकार्य भएको उनको दाबी छ।

सो घटना अहिले चीनको सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। कतिपयले व्यवस्थापनलाई गैरजिम्मेवार ठहराएका छन् भने केहीले महिलाले पर्दा नलगाएर सुत्नु पनि गल्ती भएको प्रतिक्रिया दिएका छन्। यतिमात्र नभई कतिपयले व्यङ्ग्य गर्दै, “कामदारले डरले झ्यालबाट खसेको भए के हुन्थ्यो?” भन्ने टिप्पणीसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...