News Portal

अछाममा ढुङ्गा खस्दा आमा–छोरीसहित दुईको मृत्यु, एक गम्भीर घाइते

१८४ पटक

अछाम, भदौ १३ – अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलमा भीरबाट खसेको ढुङ्गाले पालमुनि सुतेका तीन जनालाई च्याप्दा आमा–छोरीसहित दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

मंगलबार बिहान करिब ५:३० बजे भएको यस दुर्घटनामा ३५ वर्षीया निम खनाल र गोरे भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको घटनास्थलमै ज्यान गएको हो। घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेकोले उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अविरल वर्षाले भीर कमजोर भएपछि ढुङ्गा खसेर पालमुनि सुतिरहेका उनीहरूलाई थिचेको हो। मृतक खनाल र भण्डारी दुवै जना माइतीघर आएका बेला महिनावारी बार्न खेतमा पाल टाँगेर बसेका थिए।

रत्ना भण्डारी घाइते भए पनि आमाको मायाले संगै सुतेकी सात वर्षीया कविताको जीवन जोगिन सकेन। घटनापछि स्थानीयले घाइतेलाई स्वास्थ्यचौकी पुर्याए पनि थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...