News Portal

अछाममा ढुङ्गा खस्दा आमा–छोरीसहित दुईको मृत्यु, एक गम्भीर घाइते

२६६ पटक

अछाम, भदौ १३ – अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलमा भीरबाट खसेको ढुङ्गाले पालमुनि सुतेका तीन जनालाई च्याप्दा आमा–छोरीसहित दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

मंगलबार बिहान करिब ५:३० बजे भएको यस दुर्घटनामा ३५ वर्षीया निम खनाल र गोरे भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको घटनास्थलमै ज्यान गएको हो। घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेकोले उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अविरल वर्षाले भीर कमजोर भएपछि ढुङ्गा खसेर पालमुनि सुतिरहेका उनीहरूलाई थिचेको हो। मृतक खनाल र भण्डारी दुवै जना माइतीघर आएका बेला महिनावारी बार्न खेतमा पाल टाँगेर बसेका थिए।

रत्ना भण्डारी घाइते भए पनि आमाको मायाले संगै सुतेकी सात वर्षीया कविताको जीवन जोगिन सकेन। घटनापछि स्थानीयले घाइतेलाई स्वास्थ्यचौकी पुर्याए पनि थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...