News Portal

७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

३५१ पटक

काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार भट्टराईले युवतीलाई करिब ७ सय पटक म्यासेज पठाएका छन्। उनले ईसेवामार्फत १ रुपैयाँको रिचार्ज गरेर पनि म्यासेज पठाउँदै पीडितलाई सताएका थिए।

युवतीले सुरुमा साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। तर प्रमाण पर्याप्त नभएको भन्दै उनीहरूलाई स्थानीय प्रहरीमा जान सल्लाह दिइएको थियो। त्यसपछि पीडितले कालिमाटी प्रहरी वृत्तमा जाहेरी दिएकी हुन्।

भट्टराई तार्केश्वर नगरपालिका–१० स्थित मनमैजुमा बस्दै आएका शिक्षक हुन्। उनलाई अहिले अभद्र व्यवहार सम्बन्धी अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले यस घटनाको थप अनुसन्धान जारी राखेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...