News Portal

  • प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    २४४ पटक

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि आफ्नै विद्यालयका विद्यार्थीलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ।

    कक्षा ५ मा अध्ययनरत १२ वर्षीय रञ्जित राउतलाई सोमबार चौधरीले कार्यकक्षमै लगेर काठको भाटोले पिटेको पीडितका पिता जितबहादुर राउतले जानकारी दिएका छन्। घर फर्किएपछि सुरुमा केही नभनेको बालक राति छटपटी गरेर सुत्न नसकेपछि शरीर हेर्दा दुवै तिघ्रामा निलडाम र घाँटीमा चोट भेटिएको उनले बताए।

    अर्को दिन चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा परीक्षण गर्दा पिडितको शरीरमा रगत जमेको र मासु च्यातिएको रिपोर्ट आएको छ। अहिले पनि बालकले सहजै हिँड्न नसकेको तथा घुँडामा समस्या देखिएको परिवारको भनाइ छ।

    घटनाबारे बुझ्दा सोमबार विद्यालयमा तीज विशेष कार्यक्रम भइरहेको समयमा केही विद्यार्थी खेल्ने क्रममा प्रिन्सिपल चौधरीकी छोरीलाई ढुङ्गा जस्तै वस्तुले चोट लागेको थियो। अन्य विद्यार्थीहरूले रञ्जितलाई दोष लगाए पनि उनले अस्वीकार गरेपछि चौधरी आक्रोशित भई कुटपिट गरेको आरोप लागेको हो।

    यस विषयमा प्रिन्सिपल चौधरीले समेत आफूले कुटपिट गरेको स्वीकार गर्दै यो घटना नियतवश नभई भवितव्य भएको बताए। उनले भने, “ढुंगाले खेल्दा मेरी छोरीलाई चोट लाग्यो। अरुले रञ्जितलाई दोष देखाए तर उसले ढाँट्यो। त्यसपछि आक्रोशमा आएर पिटेँ। अबदेखि कहिल्यै यस्तो नगर्ने बाचा गर्छु।”

    पीडित परिवारले यस विषयमा जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएका छन्। प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले दुवै पक्षलाई छलफलका लागि बोलाइएको र पीडितको चाहना अनुसार कानुनसम्मत कारबाही गरिने जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिंहदरबार सबैको, प्रवेश रोक्नु अवमूल्यन: रविकिरण हमाल

    काठमाडौं, मंसिर ११ – राजावादी दलका नेता रविकिरण हमालले सिंहदरबार कुनै व्यक्तिको निजी सम्पत्ति नभई...

    सहकारी ठगी प्रकरण : रवि लामिछाने र छविको मुद्दामा फेरि सुनुवाइ स्थगित

    भैरहवा, मंसिर ११ – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग सम्बन्धित ठगी र संगठित अपराधको मुद्दामा...

    रवि लामिछाने–छविलाल जोशीको मुद्दा उच्च अदालतको तेस्रो इजलासमा

    रुपन्देही, मंसिर ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल...

    ओलीको सिमरा सम्बन्धी टिप्पणी हटाउन प्रेस काउन्सिलको निर्देशन

    काठमाडौँ, मंसिर ११ – प्रेस काउन्सिल नेपालले सिमरा विमानस्थलमा भएको घटनाबारे एमाले अध्यक्ष केपी शर्मा...

    आजदेखि चलनचल्तीमा आयो १ सय रुपैयाँको नयाँ नोट

    काठमाडौँ, मंसिर ११ – नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ नोट आजदेखि औपचारिक...