News Portal

प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

४१३ पटक

दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि आफ्नै विद्यालयका विद्यार्थीलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ।

कक्षा ५ मा अध्ययनरत १२ वर्षीय रञ्जित राउतलाई सोमबार चौधरीले कार्यकक्षमै लगेर काठको भाटोले पिटेको पीडितका पिता जितबहादुर राउतले जानकारी दिएका छन्। घर फर्किएपछि सुरुमा केही नभनेको बालक राति छटपटी गरेर सुत्न नसकेपछि शरीर हेर्दा दुवै तिघ्रामा निलडाम र घाँटीमा चोट भेटिएको उनले बताए।

अर्को दिन चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा परीक्षण गर्दा पिडितको शरीरमा रगत जमेको र मासु च्यातिएको रिपोर्ट आएको छ। अहिले पनि बालकले सहजै हिँड्न नसकेको तथा घुँडामा समस्या देखिएको परिवारको भनाइ छ।

घटनाबारे बुझ्दा सोमबार विद्यालयमा तीज विशेष कार्यक्रम भइरहेको समयमा केही विद्यार्थी खेल्ने क्रममा प्रिन्सिपल चौधरीकी छोरीलाई ढुङ्गा जस्तै वस्तुले चोट लागेको थियो। अन्य विद्यार्थीहरूले रञ्जितलाई दोष लगाए पनि उनले अस्वीकार गरेपछि चौधरी आक्रोशित भई कुटपिट गरेको आरोप लागेको हो।

यस विषयमा प्रिन्सिपल चौधरीले समेत आफूले कुटपिट गरेको स्वीकार गर्दै यो घटना नियतवश नभई भवितव्य भएको बताए। उनले भने, “ढुंगाले खेल्दा मेरी छोरीलाई चोट लाग्यो। अरुले रञ्जितलाई दोष देखाए तर उसले ढाँट्यो। त्यसपछि आक्रोशमा आएर पिटेँ। अबदेखि कहिल्यै यस्तो नगर्ने बाचा गर्छु।”

पीडित परिवारले यस विषयमा जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएका छन्। प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले दुवै पक्षलाई छलफलका लागि बोलाइएको र पीडितको चाहना अनुसार कानुनसम्मत कारबाही गरिने जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...