News Portal

मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

२३४ पटक

विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्।

बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधा भट्टराई (राधिका भनेर चिनिने) सोमबार बिहान कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएको जेलर गौरव ढुङ्गेलले जानकारी दिए। उनले सलको पासो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

भट्टराईले २०८० साल माघको पहिलो सातातिर आफ्ना दुई छोरा र एक छोरीलाई लिएर सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हाम फालेकी थिइन्। स्थानीयले उनलाई र उनका दुई छोरालाई सकुशल उद्धार गरेका थिए भने ६ वर्षीया छोरीको मृत्यु भएको थियो।

उक्त घटनापछि प्रहरीले माघ ५ गते उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। अनुसन्धानपछि जिल्ला अदालत सुनसरीले माघ २३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको र त्यसअनुसार उनलाई कारागार चलान गरिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...