News Portal

  • तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    २९५ पटक

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर प्रवेश र दर्शन गर्न सक्ने गरी विशेष व्यवस्था मिलाएको छ । कोषले यस वर्ष तीजको दिन पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिने निर्णय गरेको हो ।

    कोषले सार्वजनिक गरेको व्यवस्थाअनुसार भक्तजनलाई फरक–फरक मार्ग हुँदै मन्दिर प्रवेश र निर्गमन गर्न सकिनेछ । गौरीघाटतर्फबाट आउने भक्तजनले उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ । त्यस्तै, मित्रपार्क र जयवागेश्वरीतर्फबाट आउने भक्तजनले फलामे पुल नजिकको सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिन सक्नेछन् ।

    पिंगलास्थान मार्गतर्फबाट आउने भक्तजनले दक्षिण ढोकाबाट प्रवेश गरी त्यही ढोकाबाट बाहिरिन सक्नेछन् भने तिलगङ्गा र राम मन्दिरतर्फबाट आउने भक्तजनले आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र निर्गमन गर्न सक्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । प्रत्येक प्रवेशमार्गमा जुत्ता–चप्पल राख्ने छुट्टाछुट्टै कक्षको पनि व्यवस्था गरिएको छ ।

    भक्तजनका लागि दर्शनको समय बिहान ३ बजेदेखि सुरु हुनेछ । भीड व्यवस्थापनका साथै सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सादा पोशाकका सुरक्षाकर्मी समेत खटाइने कोषले जानकारी दिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

    काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै...

    कालीमाटी मेलामा भीड व्यवस्थापनका लागि शुक्रबार स्थानीय बिदा

    सल्यान, मंसिर १७ – धान्यपूर्णिमा मेलाको तयारीसँगै कालीमाटी गाउँपालिकाले शुक्रबार एक दिन स्थानीय सार्वजनिक बिदा...

    बैंकिङ अनियमिततामा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

    ललितपुर, मंसिर १७ – प्रभु बैंकलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र...

    एमाले महाधिवेशनमा ‘चितवन शैली’ फिर्ता? नेतृत्व चयन अघि आन्तरिक तानातान तीव्र

    काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको...

    धरानका मेयर हर्क साम्पाङ विवादमा:अभिव्यक्ति, गतिविधि र धार्मिक–जातीय तनाव उकासेको आरोप

    धरान – धरानका मेयर हर्कराज साम्पाङको पछिल्ला गतिविधि र अभिव्यक्तिले स्थानीय समाजमा चर्को बहस र...