News Portal

स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

२१८ पटक

सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का दुई जना संचालक र कर्मचारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

वीरेन्द्रनगर–४ मुलपानीस्थित उक्त कम्पनीले “ग्लोबल ओरियन्स प्रा.लि.मा रोजगारी दिलाइदिने” प्रलोभन देखाएर ठगी गरेको उजुरी परेपछि अदालतले कारबाही अघि बढाएको हो।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको इजलाशले डोटी सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा र कञ्चनपुर बेलडाँडी–१ की २१ वर्षीया निर्मला धामीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।

यसअघि अदालतले मनिषा सिंह (७.५ लाख), कमला चिमाला (६ लाख), कमल शाही (५ लाख), कृष्ण सिंह (१.२५ लाख), सुनिता साउद (२५ हजार) र रवीन्द्र शाही (१० हजार) बाट धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको थियो। तर, उनीहरूले धरौटी नबुझाएपछि कारागार चलान भएका हुन्। प्रहरीका अनुसार उनीहरू विरुद्धमा थप ठगीका उजुरी दर्ता भएकाले धरौटी बुझाए पनि पुनः पक्राउ गर्ने तयारी थियो।

पीडितहरूले गत ५ साउनमा उजुरी दिँदै आकर्षक तलबसहित सीप सिकाइ रोजगारी दिने प्रलोभनमा ठगिएको बताएका थिए। उक्त घटनापछि हालसम्म ५१ जनाले आफू ठगिएको दाबी गर्दै प्रहरीमा मुद्दा दर्ता गराएका छन्।

प्रहरीले ६४ लाख रुपैयाँ बराबरको विगो र कैद सजाय माग गर्दै गत २७ साउनमा जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...