News Portal

रौतहटमा सुटकेसभित्र महिलाको शव

२९८ पटक

हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक महिलाको शव सुटकेसभित्र फेला परेको छ।

करिब राति ८ बजे सडक किनारमा डोरीले बेरिएको अवस्थामा सुटकेश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेपछि रातभर सुरक्षा व्यवस्था गरिएको थियो।

आइतबार बिहान सुटकेश खोल्दा करिब ३५ वर्षकी विवाहित महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। गुलाबी रंगको कुर्ता–सुरुवाल लगाएकी ती महिलाको टाउकोमा गहिरो चोट देखिएको छ। साथै, सुटकेशभित्र केही कागजात र सुरुवालको खल्तीमा नगद रकम पनि भेटिएको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको नायब प्रहरी उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...