News Portal

रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप एक व्यक्ति पक्राउ

२२९ पटक

बुटवल, भदौ ६ – रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र वितरण गर्ने कारोबारमा संलग्न एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन्। उनीलाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो।

डिएसपी सुरज कार्कीका अनुसार कँडेल रास्वपाको बागमती प्रदेश समिति सल्लाहकार हुन्। उनले चितवनको लायन्स चोकमा रहेको कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए र सो संस्थाका अध्यक्ष समेत हुन्।

यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्क स्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए। यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकर बरामद भएको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीले अन्य संलग्न व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...