News Portal

प्रधानमन्त्री ओली : ‘सिंगै नेपाल र कर्णाली बन्दैछन्, सबैको योगदान जरूरी

३५१ पटक

काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाल समृद्ध बनाउने लक्ष्यका लागि सबै नागरिकले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्।

आज सिस्नुपानी नेपालको ‘जुुरुक्क कर्नाली’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्णालीमा भएका विकास परियोजनाहरूको समीक्षा गर्दै, सकारात्मक प्रयासलाई अझ महत्व दिन आवश्यक रहेको बताए। उनले भने, “कसैलाई दोष लगाएर होइन, कर्मठ भएर काम गर्दा मात्र देश बन्छ। कर्णालीमा भएका उपलब्धि र प्रगतिका कुरा अझै पर्याप्त रूपले प्रचारित भएका छैनन्।”

प्रधानमन्त्री ओलीले कर्णालीमा विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज र रंगशाला जस्ता संरचनात्मक विकासका काम सकिएको बताए। साथै उनले कर्णालीको स्याउले अब बजार पाउने, हुम्लासम्म पिच सडक विस्तार हुने, र रारा लगायतका पर्यटकीय गन्तव्यमा पहुँच सुनिश्चित हुने बताए।

प्रधानमन्त्रीले आगामी २०२६ सम्म नेपाललाई विकासशील मुलुकको श्रेणीमा पुर्याउने तयारी भइरहेको स्मरण गर्दै कर्णाली सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले खानी र ग्यासको सम्भावनाको चर्चा गर्दै, “दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागेको छ। यार्सागुम्बा निर्यातमा पनि जोड दिइनेछ। लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ। नेपाल बन्दैछ, कर्णाली बन्दैछ, सिंगै नेपाल उठ्दैछ।”

प्रधानमन्त्रीको यो अभिव्यक्तिले कर्णालीको समग्र विकास र सरकारको प्रतिबद्धतालाई पुष्टि गरेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...