News Portal

मिटरब्याज धन्दामा संलग्न कविराज कटुवाल पक्राउ

३२० पटक

ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कटुवाललाई ललितपुर प्रहरीले भदौ ३ गते साँझ मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको हो। हाल उनी सुकेधारा बस्दै आएका थिए।

प्रहरीका अनुसार कटुवालले करिब चार वर्षअघि बौद्धमा रेडिमेड कपडा र जुत्ता व्यापार गर्ने एक युवकसँग चिनजान बढाएका थिए। व्यवसाय विस्तार गर्ने नाममा उनले सो युवकलाई किस्ताबार १ करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए। तर ऋण फिर्ता गर्ने क्रममा पीडितले २०२३ देखि २०२५ सम्ममा करिब ४ करोड ८६ लाख रुपैयाँ बुझाए पनि अझै रकम मागिरहेको उजुरी परेको छ।

यही क्रममा गत साउन २२ गते कटुवालले पीडितको बा२०च ५२० नम्बरको क्रेटा गाडी कब्जा गरेको र धम्की दिएर ५ लाख ५० हजारको चेक समेत लिएको आरोप छ।

अनुसन्धानमा कटुवालले प्रत्यक्ष नगद मात्र नभई विभिन्न आठजनाको बैंक खातामार्फत समेत रकम असुलेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। एभरेष्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंकलगायतका विभिन्न वित्तीय संस्थामा करोडौं रुपैयाँ डिपोजिट भएको देखिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार कटुवालविरुद्ध अनुचित लेनदेन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। तर, कटुवालले भने आफ्नो खातामा वा आफन्तको खातामा जम्मा भएको रकमबारे आफूलाई जानकारी नभएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...