News Portal

  • जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    १८५ पटक

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस रंगेलीले आफ्ना विधार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। २०८१ सालमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ७३ जनामध्ये ३९ जना उत्तीर्ण भएका छन् भने आंशिकतर्फबाट २५ जना सफल भएका छन्।

    सामुदायिक रुपमा सञ्चालन हुँदै आएको यो क्याम्पसमा स्नातक तहमा शिक्षा र व्यवस्थापन संकायको समेत पठनपाठन भइरहेको छ। विगत लामो समयदेखि यस भेगका धेरै विद्यार्थीहरूले आफ्नै घर–परिवारसँग बसेर सस्तो र गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि स्नातक तहमा शिक्षा र व्यवस्थापन (कमर्स) अध्ययन गर्न यो क्याम्पस विद्यार्थीहरूको रोजाइ बन्दै गएको छ।

    परीक्षामा उत्तीर्ण भएका छात्र–छात्राहरुलाई क्याम्पसले आयोजित विशेष कार्यक्रममा दोसल्ला र मायाको चिनो दिएर सम्मान गरेको थियो। कार्यक्रममा समितिका अध्यक्ष गोपालमान राज भण्डारी, सदस्य सन्तोष साह, रामनारायण मण्डल, पूर्व–प्राचार्य लोचन खतिवडा, क्याम्पस प्रमुख सुरेन्द्र बस्नेत, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा प्राध्यापकहरूले विद्यार्थीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

    विद्यार्थीलाई सम्मान गर्दै पूर्व–प्राचार्य खतिवडाले आफू प्राचार्य हुँदा विद्यार्थीलाई यसरी सम्मान गर्न नसकेको स्मरण गर्दै अहिले यसरी सम्मान गर्न पाउँदा गर्व लागेको बताए।

    जनता क्याम्पस रंगेली नहुएको भए यस क्षेत्रका गरीब तथा अतिविपन्न परिवारका छोराछोरी तथा बुहारीहरूले आज उच्च शिक्षा लिने अवसर पाउने थिएनन् भन्ने कुरा सहभागीहरूले व्यक्त गरे।

    सन् २०६१ मा यस क्याम्पसकै विद्यार्थी सालिनी अग्रवालले नेपाल प्रथम र अश्विन दुगडले प्रदेश स्तरमै टप गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...