News Portal

दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

१९५ पटक

काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूलाई ‘राजावादी’ नभई ‘राष्ट्रवादी’को रूपमा स्थापित गर्ने स्पष्ट सन्देश दिएका छन्।

पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत १५ गतेको आन्दोलन राजावादी, एमाले र माओवादीले मिलेर भाँडेको दाबी गरे। उनले आफूलाई जबरजस्ती राजनीतिमा धकेलिएको भन्दै नयाँ दल गठनको तयारी भएको जानकारी गराए। सो पार्टी कुनै पनि हालतमा राजावादी नभई राष्ट्रवादी हुने उनको भनाइ थियो।

राप्रपा नेतृत्वतर्फ विशेष आक्रोश देखाएका प्रसाईंले अध्यक्ष राजेन्द्र लिङ्देनदेखि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसम्मलाई प्रहार गर्दै ती दलहरूले जनतासँग प्रत्यक्ष सम्पर्क गर्न असफल भएको टिप्पणी गरे। उनले पूर्वराजा ज्ञानेन्द्रप्रति पनि असन्तुष्टि व्यक्त गर्दै, “राजा आइदिनुभयो भने राम्रो, नआउनुभयो भने पनि उत्तम मान्नुपर्छ,” भन्दै अब राजसंस्थाको एजेन्डा आफ्नो प्राथमिकतामा नरहेको स्पष्ट संकेत गरे।

आफ्नो शैलीमा गुनगान पनि गाउँदै उनले भने, “दुर्गा प्रसाई अकबरे सुन हो, जहाँ घोटे पनि सुनकै चमक आउँछ। मलाई सदुपयोग गर्नुस्।”

उनले आन्दोलनमा संलग्न राजावादी कार्यकर्ताले नै अवस्था बिगारेको आरोप लगाउँदै आफूलाई दोष दिनेहरूमाथि आक्रोश पोखे। “म हिजो पनि राजावादी थिइनँ, भोलि पनि हुने छैन। मेरो मुद्दा राजनीतिक भन्दा बढी आर्थिक हो। म राष्ट्र र जनतालाई माया गर्ने राष्ट्रवादी हुँ,” प्रसाईंले जोड दिए।

यसरी प्रसाईंको पछिल्लो अभिव्यक्तिले राजसंस्थाप्रति असन्तुष्टि मात्र होइन, आफू अब पूर्णत: नयाँ राष्ट्रवादी राजनीतिक यात्रामा उत्रने घोषणा गरेको संकेत दिन्छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...