News Portal

दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

३२९ पटक

काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूलाई ‘राजावादी’ नभई ‘राष्ट्रवादी’को रूपमा स्थापित गर्ने स्पष्ट सन्देश दिएका छन्।

पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत १५ गतेको आन्दोलन राजावादी, एमाले र माओवादीले मिलेर भाँडेको दाबी गरे। उनले आफूलाई जबरजस्ती राजनीतिमा धकेलिएको भन्दै नयाँ दल गठनको तयारी भएको जानकारी गराए। सो पार्टी कुनै पनि हालतमा राजावादी नभई राष्ट्रवादी हुने उनको भनाइ थियो।

राप्रपा नेतृत्वतर्फ विशेष आक्रोश देखाएका प्रसाईंले अध्यक्ष राजेन्द्र लिङ्देनदेखि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसम्मलाई प्रहार गर्दै ती दलहरूले जनतासँग प्रत्यक्ष सम्पर्क गर्न असफल भएको टिप्पणी गरे। उनले पूर्वराजा ज्ञानेन्द्रप्रति पनि असन्तुष्टि व्यक्त गर्दै, “राजा आइदिनुभयो भने राम्रो, नआउनुभयो भने पनि उत्तम मान्नुपर्छ,” भन्दै अब राजसंस्थाको एजेन्डा आफ्नो प्राथमिकतामा नरहेको स्पष्ट संकेत गरे।

आफ्नो शैलीमा गुनगान पनि गाउँदै उनले भने, “दुर्गा प्रसाई अकबरे सुन हो, जहाँ घोटे पनि सुनकै चमक आउँछ। मलाई सदुपयोग गर्नुस्।”

उनले आन्दोलनमा संलग्न राजावादी कार्यकर्ताले नै अवस्था बिगारेको आरोप लगाउँदै आफूलाई दोष दिनेहरूमाथि आक्रोश पोखे। “म हिजो पनि राजावादी थिइनँ, भोलि पनि हुने छैन। मेरो मुद्दा राजनीतिक भन्दा बढी आर्थिक हो। म राष्ट्र र जनतालाई माया गर्ने राष्ट्रवादी हुँ,” प्रसाईंले जोड दिए।

यसरी प्रसाईंको पछिल्लो अभिव्यक्तिले राजसंस्थाप्रति असन्तुष्टि मात्र होइन, आफू अब पूर्णत: नयाँ राष्ट्रवादी राजनीतिक यात्रामा उत्रने घोषणा गरेको संकेत दिन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...